अब राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न मिल्ने
काठमाडौं । राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्ति आफैंले नै डाउलोड गर्न मिल्ने भएको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले बिहीबारदेखि परीक्षणका रूपमा उक्त सेवा सुरू गरेको हो । विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ ।
