नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा ऐक्यबद्धता र्याली (तस्बिरहरू)
काठमाडौँ। नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा भइरहेको सङ्कुचनप्रति चिन्ता व्यक्त गर्दै विभिन्न पेसागत संघ–संगठनले आज (शुक्रवार) माइतीघरमा ऐक्यबद्धता र्याली आयोजना गरेका छन् । नेपाल पत्रकार महासङ्घको आयोजना तथा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) को ऐक्यबद्धतामा आज माइतीघरमा भेला र्याली सहित बबरमहल सम्म विरोध प्रदर्शन गरिएको हो ।
