SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी सहारा दिएको छ । आमाबुबा गुमाएर बेसहारा बनेका बालबालिकालाई निःशुल्क खान, बस्न र शिक्षाको चार वर्षदेखि सुनिश्चित गर्दै आएको छ । गाउँपालिकाले वडा नं ३ तमान गाउँपालिका क्षेत्रमा दुईवटा घर भाडामा लिएर ‘तमानखोला बालगृह’ नै सञ्चालन गरी बालबालिकाको स्याहारसुसारसहित पठनपाठन गराउँदै आएको छ ।