SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०२:४८ PM · 1 मिनेट पढाइ

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । युवराज खत्रीको जाहेरीले काठमाडौं जिल्ला अदालतमा दायर भएको चेक अनादर मुद्दामा उनलाई कैद गर्न २०७९ जेठ २५ मा आदेश भएको थियो ।