राष्ट्रियसभा बैठक : जातीय भेदभाव हटाउन माग
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले जातीय भेदभाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः निरन्तरता दिन र ‘एक घर एक खानेपानीको धारा’ माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकका विशेष समयमा सदस्य सोमनाथ पोर्तेलले जातीय भेदभाव हटाउन राज्यका तर्फबाट क्षमायाचना गरी नीतिगत काम गर्न माग गरे ।
