SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम बनाउन सरकारसँग आग्रह गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उनीहरूले कृषिलाई प्राथमिकता दिने गरी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद दुर्गा गुरुङले सरकारलाई गरिब, सीमान्तकृत र भूमिहीनको हकहितलाई ध्यानमा राखेर कार्यक्रम ल्याउन सुझाव दिइन् ।