रास्वपा महाधिवेशनः चितवनका नेता खुसी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सफलतापूर्वक सम्पन्न भएको भन्दै जिल्लाका नेताले खुसी व्यक्त गरेका छन् । स्थानीय व्यवस्थापन सम्हालेका रास्वपाका जिल्ला स्तरीय नेताहरूले महाधिवेशनस्थल भरतपुरमा गर्ने निर्णय भएसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चितवनले व्यापक रूपमा प्रचारप्रसार पाएको बताए ।
