SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

फिल्म ‘जलाकी’ मंसिर ४ देखि देशभर रिलिज हुने

काठमाडौँ । निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुने भएको छ । असार १५ अर्थात् दहीचिउरा खाने दिनको शुभ अवसरमा निर्माण टिमले मंसिर ४ लाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमाको दुई पोस्टर सार्वजनिक गरेको हो ।