बागमती प्रदेशका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको प्रथम प्रदेशस्तरीय भेला मेलम्चीमा सम्पन्न
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा बागमती प्रदेशका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको प्रथम प्रदेशस्तरीय भेला सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य युवराज दुलाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरलगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
