SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

मलेसियामा खाद्यवस्तुको मूल्य ८ र रासायनिक मलको मूल्य २० प्रतिशतसम्म बढ्ने प्रक्षेपण

एजेन्सी । मलेसियामा खाद्यवस्तु र रासायनिक मलको मूल्यमा उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरिएको छ । मलेसियाका आर्थिक मामिला मन्त्री अकमल नसरुल्लाह मोहम्मद नासिरले सोमवार संसदमा सम्बोधन गर्दै आयातित सामग्रीमाथिको उच्च निर्भरताका कारण खाद्यवस्तुको मूल्य करिव ८ प्रतिशत र रासायनिक मलको मूल्य १५ देखि २० प्रतिशतसम्म बढ्नसक्ने जानकारी दिएका छन् ।