हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना छः सञ्चारमन्त्री
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको दाबी गरेका छन् । मंगलवार काठमाडौँमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उनले उक्त स्पष्ट पारेका हुन् ।
