‘एचाइभी सङ्क्रमितलाई अझै समाजले हेयको दृष्टिले हेर्दछन्’
टीकापुर । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधि उपचार गर्दा टाढाको अस्पतालमा गएर सेवा लिने गरेका छन् । सङ्क्रमित भनेपछि समाजले अझै हेयको दृष्टिले हेर्ने भएकाले आफू बसेकोभन्दा टाढा रहेका एआरटी सेन्टरमा गएर उपचार सेवा लिने गरेको बताउँछन् । लम्कीचुहाकी ७१ वर्षीया एक महिला सधैँ औषधिका लागि टीकापुर अस्पताल आउछिन् ।
