SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

जलवायु अनुकूलनका लागि नेपाललाई १ अर्ब ३३ करोड अनुदान

नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाडी समुदायको खाद्य प्रणालीमा जलवायु उत्थानशीलता सुदृढ गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय ‘अनुकूलन कोष बोर्ड’ ले नेपालका लागि १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ३३ करोड रुपैयाँ) को नयाँ अनुदान परियोजना स्वीकृत गरेको छ ।