विधि विज्ञान प्रयोगशाला विधेयकः विज्ञको परिभाषा र योग्यता स्पष्ट हुनुपर्नेमा सभापति शेरचनको जोड
काठमाडाैं । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजश्वी शेरचनले ‘विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ मा विशेषज्ञको परिभाषा र न्युनतम योग्यता स्पष्ट रूपमा उल्लेख गरिनुपर्ने बताएकी छन् । बुधवार बसेको समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा सभापति शेरचनले यस्तो बताएकी हुन् ।
