इजरायली सेनाको घुसपैठविरुद्ध सिरियाली गाउँलेको प्रतिरोधः गोलाबारीपछि दर्जनौँ परिवार विस्थापित
एजेन्सी । सिरियाको दक्षिणी प्रान्त दारास्थित अबिदिन गाउँमा इजरायली सेनाको पछिल्लो घुसपैठ र त्यसपछि भएको गोलाबारीका कारण स्थानीय बासिन्दाले ठूलो त्रास र विस्थापनको सामना गर्नुपरेको छ । विगत केही महिनादेखि यस क्षेत्रमा इजरायली सेनाको गस्ती सामान्य जस्तै बने पनि आईतवारको घटनाले भने नयाँ मोड लिएको स्थानीयले बताएका छन् ।
