वायु प्रदुषण न्युनिकरणका लागि दिल्लीको नयाँ विद्युतीय सवारी नीति सार्वजनिक
एजेन्सी । भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले त्यहाँको सरकारले नयाँ विद्युतीय सवारी (ईभी) नीति घोषणा गरेको छ । सार्वजनिक गरिएको यस नीतिअनुसार ३० लाख भारतीय रूपैयाँ (करिब ३१,७३६ अमेरिकी डलर) सम्म मूल्य भएका विद्युतीय कार खरिद गर्दा सडक दस्तुर र दर्ता शुल्कमा शतप्रतिशत छुट दिइने भएको छ ।
