SHARE
बासुरी खबर · बुधबार १७ असार २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

मेलम्चीमा भूमि व्यवस्थापन शाखाको शुभारम्भ, नगर प्रमुख तामाङद्वारा उद्घाटन

मेलम्ची, असार १७ — मेलम्ची नगरपालिकामा भूमि व्यवस्थापन शाखाको औपचारिक शुभारम्भ गरिएको छ। नगर प्रमुख आइतमान तामाङले बुधबार शाखाको उद्घाटन गर्नुभएको हो । स्थानीय नागरिकलाई सहज र प्रभावकारी भूमि प्रशासन सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ। भूमि व्यवस्थापन शाखा सञ्चालनमा आएसँगै आजबाट मेलम्ची नगरपालिकामै मालपोतसम्बन्धी सेवा प्रवाह सुरु भएको छ।