SHARE
बासुरी खबर · बुधबार १७ असार २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

मेलम्ची नगरपालिकाले ल्यायो १ अर्ब ६५ करोड बढीको बजेट, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधार विकासमा प्राथमिकता

मेलम्ची । मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ६५ करोड ६३ लाख २६ हजार २ सय २२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न २१औँ नगरसभामार्फत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत तथा पारित गरिएको हो।