घरदैलोमै एकीकृत सेवा, इन्द्रावती–३ मा स्वास्थ्य, परिचयपत्र र पशुसेवा एकै ठाउँबाट
नवलपुर । इन्द्रावती गाउँपालिकाले “सेवाप्रवाह घरदैलोमा” अभियानअन्तर्गत वडा नं. ३ मा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ। स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँगको साझेदारीमा आयोजित शिविरमार्फत स्वास्थ्य, राष्ट्रिय परिचयपत्र तथा पशुपक्षीसम्बन्धी सेवा एकै स्थानबाट प्रदान गरिएको हो। शिविरमा स्वास्थ्यतर्फ १ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ।
