इन्द्रावती–३ मा प्रशासनिक काम अब नयाँ भवनबाट
नवलपुर — इन्द्रावती गाउँपालिका–३ को नवनिर्मित प्रशासनिक भवन तथा सेवा केन्द्रको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले उद्घाटन गर्नुभएको छ। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, जग्गादाता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताप्रति धन्यवाद व्यक्त गर्दै गाउँपालिकाका समस्या आफूलाई जानकारी रहेको बताए।
