SHARE
बासुरी खबर · शनिबार २० असार २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

इन्द्रावती–११ मा डेंगीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

इन्द्रावती । डेंगी संक्रमणको जोखिम न्यूनीकरणका लागि इन्द्रावती गाउँपालिका–११ बोडगाउँमा समुदायस्तरीय ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको अभियानसँगै अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम पनि सम्पन्न भएको हो। कार्यक्रममा घर–घर तथा वरपर रहेका पानी जम्ने स्थानको पहिचान गरी एडिस जातको पोथी लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने अभ्यास गराइएको थियो।