SHARE
बासुरी खबर · आइबार​ २१ असार २०८३ ०१:५२ PM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापनमा स्वयंसेवकको भूमिका सुदृढ गर्न दुईदिने कार्यक्रम सुरु

नवलपुर । इन्द्रावती गाउँपालिकाको आयोजनामा तथा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा स्वयंसेवक ब्युरो गठन, परिचालन तथा क्षमता अभिवृद्धि कार्यक्रम आजदेखि सुरु भएको छ। कार्यक्रम आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुनेछ। नेपाल रेडक्रस सोसाइटीका भरत कोइराला र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका रविराज धितालले प्रशिक्षण दिइरहनुभएको छ।