SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

कांग्रेस नेता मोहन बस्नेतलाई सफाइ, दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।