SHARE
बासुरी खबर · सोमबार २२ असार २०८३ ०४:१५ PM · 1 मिनेट पढाइ

विपद्को सामना गर्न दक्ष स्वयंसेवक तयार गर्दै इन्द्रावती गाउँपालिका

नवलपुर । इन्द्रावती गाउँपालिकाको आयोजनामा तथा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित दुईदिने विपद् स्वयंसेवक ब्युरो गठन, परिचालन तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाका १२ वटै वडाबाट ३/३ जना प्रतिनिधि, नेपाल प्रहरी, पत्रकार तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।