SHARE
बासुरी खबर · बुधबार २४ असार २०८३ १२:२५ PM · 1 मिनेट पढाइ

हेलम्बुका विद्यार्थीका लागि १७ करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने प्रारम्भिक सहमति

हेलम्बु । हेलम्बु गाउँपालिका र टर्न की डेभलप्मेन्ट ग्रुपबीच हेलम्बुका विद्यार्थीहरूको गुणस्तरीय उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि प्रारम्भिक सहमति भएको छ। दुवै पक्षबीच भएको समझदारीअनुसार आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा सामाजिक–आर्थिक रूपमा पछाडि परेका विद्यार्थीलाई छात्रवृत्तिमार्फत उच्च शिक्षाको अवसर उपलब्ध गराइनेछ।