SHARE
Kalo Pati · मङगलबार ३० असार २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

‘भौगोलिक अखण्डता र राष्ट्रिय अस्तित्व जोगाउने काम सरकारको हो’: ठगुन्ना

काठमाडौं । नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्नाले नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ठगुन्नाले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका हुन् ।