‘बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन’: सांसद राई
काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकारमाथि निरंकुश बन्दै गएको आरोप लगाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई नागरिकको प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न आग्रह गरे। सांसद राईले भागवत पुराणको हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक भएको बताए।
