SHARE
Kalo Pati · बुधबार ३१ असार २०८३ ०४:०७ AM · 1 मिनेट पढाइ

बुधबारदेखि देशभर पुनः भरी सिलिन्डर किन्न पाइने

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते) देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ । ग्यास आपूर्ति सहज भएसँगै पुरानै प्रणालीअनुसार भरी सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।