मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर
काठमाडौं । जबरजस्ती करणी मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर भएका छन् । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो । सजाय निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ । पीडित पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरका थिए ।
