लिफ्टसहितको आकाशे पुल, सटल बस र घरमै निःशुल्क स्वास्थ्य सेवा
काठमाडौं । ललितपुर महानगरपालिकाले निर्माण गरिरहेको कुसुन्तीस्थित लिफ्टसहितको अपांगतामैत्री आकाशे पुल आगामी आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ ।निर्माण सुरु भएको लामो समय बित्दासमेत विभिन्न कारणले सम्पन्न हुन नसकेको उक्त आयोजना अहिले अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ । महानगरका अनुसार पुलको निर्माण कार्य २०८० फागुनमा सुरु भएको हो ।
