SHARE
Kalo Pati · बुधबार ३१ असार २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

गणेश नेपाली प्रकरणपछि सडकबाट हराएका नगर प्रहरी फेरि फर्किए सडकमा (तस्विरहरू)

काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षा जोखिमकाे कारण देखाउँदै सडकबाट हटेका काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुनः आफ्नो कार्यक्षेत्रमा फर्किएका छन्। नगर प्रहरीको अनुपस्थितिले महानगरका न्यूरोड लगायतका अन्य क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण फेरि बढेपछि उनीहरूलाई पूर्ण रूपमा फिल्डमा परिचालन गरिएको हो ।