SHARE
Kalo Pati · बुधबार ३१ असार २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

टमाटर फालेर किसानको विरोध : अनुदान र बजार व्यवस्थापनको माग (तस्बिरहरु)

काठमाडौं । तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।