टोरन्टोको मुटुमा २० वर्षको ऐतिहासिक यात्रा: नाथन फिलिप्स स्क्वायरमा १८औँ हिमालयन मेलाको भव्य तयारी
टोरन्टो, क्यानडा । क्यानडाकै प्रतिष्ठित र मुख्य केन्द्र मानिने टोरन्टो शहरको ‘नाथन फिलिप्स स्क्वायर’ आगामी अगस्ट ८ तारिखका दिन नेपालमय बन्ने भएको छ। नेप्लीज क्यानेडियन कम्युनिटी सर्भिसेज (NCCS) को आयोजनामा हुन गइरहेको १८औँ वार्षिक ‘हिमालयन मेला’ ले क्यानडामा नेपाली कला, संस्कृति र पहिचानलाई स्थापित गरेको २० वर्षको गौरवमय यात्रालाई समेत उत्सवको रूपमा मनाउँदैछ। विगत दुई दशकदेखि टोरन्टो शहरको मुटुमा निरन्तर आयोजना हुँदै आएको यस मेलामा यस वर्ष १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहने अनुमान गरिएको छ।
