SHARE
कालिका खबर · बिहीबार ३२ असार २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

अदालतको अन्तरिम आदेश बेवास्ता गर्दै दिपेस अग्रवाल र विबेक सर्मा समुहको अबैधकर असुली धन्दा

काठमाडौं । नागर्जुन नगरपालिकाको कवाडी कर ठेक्कासम्बन्धी विषयमा अदालतबाट अन्तरिम आदेश जारी भइसकेपछि पनि निशान सप्लायर्सले कर असुली जारी राखेको भन्दै विवाद चुलिएको छ। अदालतले २०८३ असार २६ गते अन्तरिम आदेश जारी गरेपछि पनि ठेकेदार कम्पनीले कर उठाइरहेको पाइएको छ । आरोपअनुसार निशान सप्लायर्ससँग सम्बन्धित दिपेश अग्रवाल, कुन्दन सिंह र विवेक शर्माले अदालतको आदेशलाई बेवास्ता गर्दै कवाडी व्यवसायीबाट कर असुली गरिरहेका छन्। यसरी अदालतको आदेश विपरीत गरिएको कर असुली गैरकानुनी भएको दाबी गरिएको छ। यस विषयमा नागर्जुन नगरपालिकाले समेत निशान सप्लायर्सलाई अदालतको अन्तरिम आदेशको पूर्ण पालना गर्न लिखित निर्देशन दिएको बताइएको छ।