SHARE
कालिका खबर · बिहीबार ३२ असार २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

सरकारको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउँछ : ऐन महर

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत, लोकतन्त्र विरोधी, र संविधान विपरीतका कामको बिरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महरले सरकारका राम्रा कामको सदैव समर्थन गर्ने भन्दै गलत, लोकतन्त्र विरोधी, र संविधान विपरीतका कामको बिरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका हुन् । पछिल्लो समय आफू स्वयम् पनि यसको सिकार भएको र विदेशबाट समेत ह्वाट्सएप र म्यासेन्जरमा मार्ने धम्कीहरू आइरहेको उनले जानकारी दिए ।