SHARE
कालिका खबर · शुक्रबार​ १ साउन २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

मधेसमा वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिइने

काठमाडौँ : मधेस प्रदेशमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय गरेको हो। गठबन्धनमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराई सहभागी थिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री भट्टराईले अन्य प्रदेशमा कांग्रेस–एमालेबीचको राजनीतिक सहकार्य अन्त्य भए पनि मधेस प्रदेशमा भने वर्तमान राजनीतिक समीकरणलाई निरन्तरता दिने सहमति भएको जानकारी दिए।