दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो । तर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतको आदेशले उनीहरू थुनामै छन् । जिल्ला अदालतले बीमा ऐनअन्तर्गतको कसुरमा अग्रवालसँग २ करोड रुपैयाँ धरौटी माग गरेको हो भने भट्टसँग १ करोड ५० लाख धरौटी माग गरेको छ । जिल्ला अदालत काठमाडौंले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो ।
