SHARE
कालिका खबर · शुक्रबार​ १ साउन २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो । बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ।