SHARE
कालिका खबर · शुक्रबार​ १ साउन २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

शनिबार रातिदेखि मौसमी प्रणाली पूर्ण रूपमा सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने देखिएको जनाएको छ । देशभर मनसुन वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा भएको बताइन् । देशका पहाडी भूभागका धेरै स्थानहरू तथा हिमाली र तराईका केही स्थानहरूमा शनिबारसम्मै मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको उनको भनाइ छ ।