SHARE
Kalo Pati · शुक्रबार​ १ साउन २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

‘जनअपेक्षाअनुसार सेवा प्रवाह गर्न अदालत प्रतिबद्ध छ’: न्यायाधीश खड्का

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले अदालतलाई पारदर्शी, छिटोछरितो र जनउत्तरदायी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौं जिल्ला अदालतद्वारा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायाधीश खड्काले अदालतका कामकारबाही आदेश र फैसलामार्फत सार्वजनिक हुने भएकाले सञ्चारमाध्यमसँग प्रत्यक्ष संवाद अपेक्षाकृत कम हुने गरेको बताए ।