SHARE
Kalo Pati · शुक्रबार​ १ साउन २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने देखिएको जनाएको छ । देशभर मनसुन वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।