SHARE
कालिका खबर · शनिबार २ साउन २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा सहदेव धमला नियुक्त

काठमाडौं । सरकारले पर्यटन व्यवसायी सहदेव धमलालाई नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा नियुक्त गरेको छ। धमला ठमेल पर्यटन विकास परिषद्का निवर्तमान उपाध्यक्ष समेत हुन्। उनी लामो समयदेखि नेपालको पर्यटन क्षेत्र, विशेषगरी ठमेललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा नियुक्त गरिएको हो। पर्यटन क्षेत्रमा उनको अनुभव, निजी क्षेत्रसँगको सहकार्य तथा पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानका आधारमा उनको नियुक्तिलाई सकारात्मक रूपमा हेरिएको छ।