SHARE
कालिका खबर · शनिबार २ साउन २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ सवारी साधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ५२१ सवारी साधनलाई कारवाही गरेको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको दैनिक ट्राफिक कारबाही विवरणअनुसार विभिन्न प्रकारका ट्राफिक नियम उल्लंघन गर्ने सवारी तथा चालकलाई कारबाही गरेको हो । तथ्याङ्कअनुसार सबैभन्दा धेरै ‘अन्य’ शीर्षकअन्तर्गत ३२३ वटा सवारी साधन कारबाहीमा परेका छन् ।