SHARE
कालिका खबर · शनिबार २ साउन २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाइयो : मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाएर ८ कायम गरिएको बताएका छन् । हेटौंडा–६ मा रहेको बिपी गणेशमान स्मृति शान्ति पार्क (पिसपार्क)को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । बानियाँले आफू मुख्यमन्त्री भएदेखि आर्थिक मितव्ययिता र सुशासनको पक्षमा काम गरिरहेको बताउँदै यसकै परिणाम स्वरूप अहिले प्रदेशमा मन्त्रालयको संख्या घटाएको बताए । विगतमा १७ जनासम्म मन्त्री रहेको बागमती प्रदेशमा मन्त्रालय घटाएर ८ मा झारेको उनले बताए ।