एकैचोटी धेरै चरा मार्न खोज्दा कुनै पनि मर्दैन : भट्टराई
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालेन्द्र शाह नेतृत्वको सरकारको कामलाई मध्यनजर गर्दै सुझाव दिएका छन्। उनले शाह नेतृत्वको सरकारले गरेका पछिल्ला कामहरू प्रति असन्तुष्टि पोख्दै सुझाव दिएका हुन्। उनले एकैचोटी धेरै चरा मार्न खोज्दा कुनै चरा पनि नमर्ने र ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुने बताएका छन्। जेनजी विद्रोहको पृष्ठभूमिमा ठूलो जनअपेक्षासहित सत्तासीन नयाँ सरकारले देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै ध्यान केन्द्रित गर्दा उपयुक्त हुने बताए।
