SHARE
कालिका खबर · आइबार​ ३ साउन २०८३ ०३:४० AM · 1 मिनेट पढाइ

सुनिता डंगोलले नेतृत्व लिएपछि काठमाडौंमा घट्यो कर, जरिवानामा भारी छुट

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना मिनाहा लगायतका सुविधा दिएको छ । साउन १ गतेदेखि लागू भएको ‘काठमाडौं महानगरपालिका आर्थिक ऐन २०८३’ बाट आर्थिक वर्ष २०८३/०८४ का लागि छुट तथा जरिवाना मिनाहा दिने निर्णय भएको हो । यस आर्थिक वर्षका लागि नगर सभा १९ औं अधिवेशनबाट स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सोही अधिवेशनका विभिन्न बैठकहरुमा आर्थिक विधेयक र विनियोजन विधेयक पेश भएका थिए । यी विधेयकहरुमा छलफल भएपछि संशोधनसहित सभाले सर्वसम्मत पारित गरेपछि ऐन जारी गरिएको हो ।