फिफा विश्वकप २०२६ को फाइनल निःशुल्क प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । नेपाली फुटबल समर्थकले फिफा विश्वकप २०२६ को फाइनल खेल निःशुल्क रूपमा हेर्न पाउने भएका छन् । नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलले आज राति हुने विश्वकपको उपाधि भिडन्त प्रत्यक्ष प्रसारण गर्ने भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल खेल अतिरिक्त शुल्कबिनै एनटीभी प्लसबाट प्रत्यक्ष हेर्न सकिने बताएका छन् । यस निर्णयसँगै पे–टिभी वा अन्य सशुल्क प्लेटफर्ममा निर्भर हुनुपर्ने बाध्यता हट्ने भएको छ । देशभरका फुटबलप्रेमीले सरकारी टेलिभिजनमार्फत सहज रूपमा विश्वकपको निर्णायक खेलको रोमाञ्च लिन सक्नेछन् ।
