सिटिजन लाइफको बीमाशुल्क संकलन २४ प्रतिशतले बढ्यो
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा बीमा व्यवसायमा उल्लेखनीय विस्तार गर्दै कुल बीमाशुल्क संकलन २४.१२ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ९ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो। कम्पनीको वृद्धिमा नयाँ व्यवसायबाट प्राप्त प्रथम बीमाशुल्कले मुख्य योगदान दिएको छ । समीक्षा अवधिमा प्रथम बीमाशुल्क ३८.२ प्रतिशतले बढेर ३ अर्ब ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
