SHARE
Samata Press · आइबार​ ३ साउन २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

सुकुम्बासी होल्डिङ सेन्टरमा राखिएकामध्ये ४५% जनजाति, दलित २३ प्रतिशत

काठमाडौँ। काठमाडौँ उपत्कायमा सुकुम्बासी बस्तीबाट सरकारले जबरजस्ती उठिबास लगाएर होल्डिङ सेन्टरमा राखेकामध्ये सबैभन्दा धेरै आदिवासी जनजाति समुदायका मानिसहरू रहेको पाइएको छ।  सरकारले सुकुम्बासीहरूको विवरण संकलन गर्दा दर्ता भएका २ हजार ६०६ परिवारका १० हजार ४२४ जनाको विवरण दर्ता भएको थियो। तर उनीहरूमध्ये ७ प्रतिशत अर्थात् ७१८ जनालाई मात्रै सरकारले होल्डिङ सेन्टरमा राखेको थियो। अरू आफ्ना आफन्त र डेरामा सरेका थिए।  होल्डिङ सेन्टरमा राखिएका मानिसहरूको अवस्था विश्लेषण गर्दा ४५ प्रतिशत आदिवासी जनजाति समुदायका रहेको एक तथ्यांकले देखाएको छ। भूमि अधिकार अभियन्ता भगवती अधिकारीका अनुसार होल्डिङ सेन्टरमा पुर्‍याइएका मध्ये ४५ प्रतिशत आदिवासी जनजाति समुदायका थिए। दलित २३ प्रतिशत, मधेसी १६ प्रतिशत र अन्य समुदाय १६ प्रतिशत छन् ।  लैंगिक हिसावले हेर्दा पुरुष ३७ प्रतिशतमात्रै छन्। महिलाको संख्या ६३ प्रतिशत रहेको छ। उनीहरूमध्ये ८२ प्रतिशत अनौपचारिक क्षेत्रमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाहरू छन्। औपचारिक क्षेत्रमा काम गर्ने ४ प्रतिशत छन् भने १४ प्रतिशतले आफैँ स्वरोजगार भएर जीविकोपार्जन गर्ने प्रयास गर्दै आएका थिए। होल्डिङ सेन्टरमा बस्न थालेपछि उनीहरूमध्ये ९३ प्रतिशतको काम ठप्प भएको थियो। ७ प्रतिशतले मात्रै काम गर्न पाएका थिए।  धेरै परिवारले सरकारलाई आफ्नो विवरण दर्ता गर्नै पाएनन्। अधिकारी भन्छिन्, 'घर भत्किएकै दिन दर्ता सुरु भयो। तर सामान राख्ने ठाउँ थिएन।