SHARE
कालिका खबर · आइबार​ ३ साउन २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

एमालेका सांसदहरूलाई प्रशिक्षण

काठमाडौं । नेकपा (एमाले) ले पार्टीका सांसदहरूलाई प्रशिक्षण दिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी संसदीय विभागको आयोजनामा संसदमा प्रभावकारी भूमिका निर्वाहका लागि सांसदहरूलाई प्रशिक्षण आयोजना गरिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई प्रशिक्षण दिनेछन् । संसद सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी गराउने छन् । संसदीय समितिका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयमा पनि राईले जानकारी दिने छन् । महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिने कार्यसूची छ ।